कहिले काहिँ संसार बनाउने नै हामी हौँ जस्तो लाग्छ । हामी मान्छे । तर हरेक जीवलाई केलाउँदै गयौँ भने संसार बनाउने काममा ससाना किरा फट्याङग्राहरुको पनि उत्तिकै भूमिका रहने गरेकोछ । यस्तै साना, मान्छेहरुले नगन्ने वा मान्छेहरुलाई हैरान पारेका जस्तो लाग्ने यी किरा फट्याङग्राहरुले नै फूलमा भएका परागकणहरुलाई एउटा बिरुवाबाट अर्को बिरुवामा सारी नयाँ फूल, बोट बिरुवाहरुलाई जीवन दिने गर्दछन् । यसले नै संसारलाई हराभरा, रङगीन बनाउँछन् र मानिस र अन्य जीवजन्तुहरु बस्न योग्य बनाउँछन् । बैज्ञानिकहरु भन्छन्, कुनै दिन यी किरा फट्याङग्राहरु संसारबाट लोप भएमा संसार मरुभूमीमा परिणत हुनेछ र मानव ईतिहास नै समाप्त हुन सक्छ ।

फोटोः हनुमन्ते खोलाको किनार ।