सून्य माईन/बिस्फोटक पदार्थ, सून्य पिडित नेपाल बनाउनको लागि नेपाली सेनाबाट प्राप्त सुझावहरु

नेपाली सेना संगको सहकार्यमा शैक्षिक संस्थाहरुले कम्तिमा पनि अर्धबार्षिक रुपमा एक पटक बिस्फोटक पदार्थ तथा माईन जोखिम शिक्षा सम्बन्धि कक्षा संचालन गर्दा उपयोगी हुने

शैक्षिक संस्थाहरुले आफ्नो पाठ्यक्रममा शैक्षिक तहको स्तर अनुसार Mine Ban संग सम्बन्धित Treaty हरु तथा यस संग सम्बन्धित Awareness कार्यक्रमलाई पनि पाठ्यक्रममा समावेश गर्दा उपयुक्त हुने (Traffic Rule ???)

हाल नेपाली सेनाद्धारा माध्यामिक तथा उच्च माध्यामिक तहमा संचालन भईरहेको जुनियर तथा सिनियर डिभिजन National Cadet Corps (NCC) कार्यक्रमको दौरान Cadet हरुलाई बिस्फोटक पदार्थ तथा माईन जोखिम शिक्षा प्रदान गर्दै आईरहेकोमा NCC कार्यक्रममा आवद्ध हुन नसकेका शैक्षिक संस्थाहरुले नेपाली सेनासंग सो सम्बन्धि कार्यक्रहरु माग गर्दा उपयुक्त हुने

सून्य माईन/बिस्फोटक पदार्थ, सून्य पिडित नेपाल बनाउने कार्यक्रमको सफलताको लागि नेपाल सरकार, शिक्षा मन्त्रालय, त्रिभुवन विश्व विद्यालय, उच्च माध्यामिक शिक्षा परिषद लगायत शैक्षिक क्षेत्रमा सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायहरु बिच आपसी समन्वय तथा सहकार्य हुनु जरुरी रहेको 

अधिकांश बिस्फोटक जन्य घटनाहरुमा बिशेषगरी बालबालिकाहरु बढि मात्रामा प्रभावित हुने भएकाले बिद्यालय स्तरबाट नै बालबालिकाहरुलाई बिस्फोटक पदार्थ तथा माईन जोखिम शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको

१० बर्षे सशस्त्र युद्ध पश्चात देशमा शान्ति स्थापना भएता पनि बिस्फोटनका घटनाहरुमा आशातित सफलता प्राप्त भईनसकेको हुंदा अभिभावक बर्गहरुले समेत आफ्ना बालबालिकाहरुलाई सचेत तथा सतर्क गराउन आवश्यक रहेको 

बिस्फोटक पदार्थ तथा माईन जोखिम शिक्षा कार्यक्रमहरु संचालन गर्न शैक्षिक संस्थाहरुलाई आवश्यक पर्ने जस्तो सुकै सहयोग तथा सहकार्य गर्न नेपाली सेना सदैव तयार रहेको

श्रोतः ४ अप्रिल २०२३ एनसिबिएलको कार्यक्रमबाट