Sikali at Khokana, Lalitpur district.

ललितपुर जिल्लाको खोकनामा अवस्थित हरियालीको विचमा रहेको सिकाली मन्दीर नेपाल सम्बत ३३६ को मानिन्छ । त्यहाँ पुग्दा कुनै स्याहार नपुगेको, कुनै रौनक नभएको, एकान्तको त्यो मन्दिर लावारिस जस्तो देखियो । नपत्यारिलो ढंगले रिसोर्टहरु भने धेरै वटा देखेँ । पहिले त त्यहाँ घना जंगल रहेको भन्ने सुन्न पाएँ । मन्दिरको छेवैबाट एउटा सफा नदी बगेको पनि देखेँ । नदीको नाम भने थाहा पाईन ।