बौद्ध धर्माबलम्बीहरू (Buddhist followers) मात्र होइनन् सबै धर्म, जात, जातीका मानिसहरू बिहानी र साँझको समयमा स्वयम्भू (Swoyambhu) को परिक्रमा गर्दछन् । उनीहरू धर्मभावले एकचित्त भई मन्त्रोच्चारण र प्रार्थना मात्र गर्दैनन्, स्वस्थ्य शरीरलाई कायम राख्नको लागि जीवनको केही समय प्रकृतिलाई अर्पण गर्दछन् ,आनन्दी मनले शीतल हावाको स्वास लिन्छन् र सूर्योदय र सूर्यास्तको रङ्गीन तस्बिरको मजा लिन्छन् ।