संस्कृति मुलुक कुन स्तरमा रहेकोछ, सम्पन्न या गरीब छ भनेर देखाउने ऐना हो भन्दा अत्युक्ति नहोला । नेपालको विभिन्न जातजाति, धार्मिक समुदायले मनाउँदै आएको सांस्कृतिक परम्परालाई हेर्ने हो भने नेपाल कुनै बेला निकै सम्पन्न थियो भन्ने अनुमान गर्न सकिन्छ । नभए अति महँगो पर्ने मन्दिरहरू बनाउने र महँगो पर्ने चाडबाडलाई कसरी निरन्तरता दिन सक्थे र? रातोमच्छिन्द्रनाथ (बुँगद्यःया) को जात्रा पनि एक उदाहरण हो । तर आज रातोमच्छिन्द्रनाथ (बुँगद्यःया) - Ratomachhindranath (Bungadhya:) को वरिपरि घुम्दा मेरो मनमा अनेकौँ अनुत्तरित प्रश्नहरू आउने जाने गरे । कुनै दिन भेटमा छलफल गरुँला । अहिलेलाई फोटोहरू पस्केकीछु । हेर्नु हुने र मन पराउनु हुने सबैलाई हार्दिक धन्यवाद ।