त्यसो त सिन्धुली (Sindhuli District) जाने बाटोमा एकलेन, धेरै वटा घुम्ती, अग्ला भीरमा कान्ले बाटोबाट आउने जोखिम त छॅदैछ, चालकहरूको थोरै लापर्वाही र मेशिनमा देखिने खराबीले त्यस बाटोमा अनेकौं दुर्घटना भएकाछन्। मूलकोट क्षेत्र (Mulkot Area) मा केही बर्ष पहिले एउटा दुर्घटनामा ३९ जनाको मृत्यु भए पछि मृतकहरूको सम्झनामा घुम्तीको पहरोमा एैना टॅास्ने चलन शुरू भयो। त्यस कामलाई यात्रु र चालकहरूले निरन्तरता दिंदैछन्। अहिले भीरको लामो भागमा झिलिमिली एैनाले भरीसकेको छ र त्यो फैलने क्रम जारी छ ।