रामेछाप जिल्ला (Ramechhap district) को भोटेचौर (Bhotechaur) गाउँ हो यो । खेतीको लागि आकाशे पानीको भरमा छ यो गाउँ । तर कुनै बेला एकजना बाहुन (नाम बिर्सें) गाउँमा आई शिक्षाको प्रचार प्रसार गर्न थाले र आखिरमा स्कूल बनाई छोडे । शिक्षा दान गर्न सक्दा पुण्य प्राप्त हुन्छ भन्ने एक जमाना थियोे । म पनि त्यसको एक भाग बन्न सकेकी थिएँ । अहिले सम्झँदा पनि खुशी लाग्छ । त्यो बेला कुनै दक्षिणा या शुल्क बिना पनि गाउँघरमा पढाउने गरिन्थ्यो । आजको शिक्षाको कुरा गर्दा हिजोको गुरुहरुको लगानीलाई पनि भुल्नु हुँदैन ।