बारुदी सुरुङ तथा ल्कस्टर बम अनुगमन प्रतिवेदन २०२२ प्रमुख निश्कर्षहरु (Major findings LM-CM 2022)

बारुदी सुरुङ र युद्धको अवशेषको रूपमा रहेका विस्फोटक बस्तुहरू

शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्छ, लडाइँ बन्द हुन सक्छ । तर युद्धका दीर्घकालीन बिरासतका रूपमा बारुदी सुरुङ र विस्फोटक बस्तुहरू रहिरहन्छन् ।

मानव विरुद्ध लक्षित बारुदी सुरुङहरू यस्ता हतियार हुन जसलाई मानिसको उपस्थिति, सान्निध्य अथवा स्पर्श हुँदा विस्फोटन हुने गरी बनाइएको हुन्छ । यसमा तत्क्षण तयार पारिएका र पीडितको कारणले क्रियाशील हुने विस्फोटन पदार्थहरू पनि समावेश छन् । सवारी साधन लक्षित बारुदी सुरुङहरू ती हतियार हुन, जसलाई कुनै गाडिको उपस्थिति, सान्निध्य अथवा स्पर्शमा विस्फोटन हुने गरी बनाइएको हुन्छ । बारुदी सुरुङहरू स्वयम् पीडितद्वारा नै क्रियाशील हुन्छन् र बिना भेदभाव बालबालिका, सिपाही जस्ले छुन्छ उसैलाई चोट पुर्‍याउँछ ।  

व्दन्दको समयमा शत्रु  प्रति लक्षित गरी बिछ्याइएका बारुदी सुरुङहरूले दशकौँ पछि पनि गैर सैनिक व्यक्तिहरूलाई घायल बनाउन वा मार्न सक्छन् । व्दन्दका अवशेष विस्फोटक पदार्थहरू (ई आर डब्लु) भन्नाले व्दन्दको समयमा असुरक्षित अवस्थामा छोडिएका विस्फोटक पदार्थलाई जनाउँछ । कुनै कारणले विस्फोटन नभई रहेका विस्फोटक हतियारहरूलाई यू एक्स ओ अथवा विस्फोटन नभएका हतियार भनिन्छ । त्यस्ता असुरक्षित हतियारहरू व्दन्दको समयमा अथवा व्दन्द पछाडि पनि त्यति कै  छाडिएका हुन्छन् र तीनिहरूले बारुदी सुरुङहरूले जसरी नै जोखिम निम्त्याउँछन् ।

Read full report at the link below...

https://drive.google.com/file/d/1asVcqGNGlgyV9S5oD8H5t-BUR46i_vwo/view?usp=sharing