एक पंक्षीको चुनौती
-------------------------
आज एकाबिहानै
एक पंक्षीले
मसंग चुनौती दिँदै भन्यो
ʻसक्छौ भने तिमी
आउ मसँगै उडʼ
तिमी मसँगै
निलो स्तब्ध आकाशमा
पंखा फिँजाएर उड
बादलको माथि माथि या
बादललाई चिरेर उड
पहाडको चुचुरो माथि माथि
या पहाडको
खोँचै खोँच भएर उड ।
हावाको मन्द गतिसँगै
हुरी, वतास र आँधी सँगै उड
चिसो सिरेटोको झोक्कासँगै
या प्रचण्ड तेज घाम सँगै पनि उड
सक्छौ भने आउ तिमी
मसँगै उड
माथि माथि आकाश माथि
पंखा फिँजाएर उड
स्वतन्त्र, उन्मुक्त र
गतिमान भएर उड ।