संकटमा नेवारीबस्ती

म चापागाउँ (Chapagaun, Lalitpoor) पुग्दा बस, ट्रक, कार, मोटरसाईकल, ट्याकटरहरु लगातार हुँईकिरहने सडकमा नेवार समुदायका पुराना धुलाम्मे भएर बसेका केही सुन्दर घरहरु देख्न पाएँ । ती पुराना घरहरु केही भत्कनै लागेकाछन्, केही नयाँ बनेकाछन् नयाँ शैलीमा पिलर, कँक्रिट र सटर जोडेर । सडकको छेउछाउमा भएका ती परंपरागत घरहरुको कारणले सडक साँघुरो देखिएकाछन् । सडक चौडा बनाउँदा अव बन्ने घरहरु पुराना शैलीमा बन्न कठिन बन्ने र खासगरी ती बन्ने घरहरु तुलनात्मक रुपले खर्चिला हुनेछन् । तर गाउँ छिचोल्नै बित्तिक्कैको सडकहरु भने निकै चौडा बनेकाछन् । अग्ला घरहरुछन् र व्यापार व्यवसायको चहलपहल बढी देखिन्छ । संस्कृती, कला र परंपरा जोगाउँदा पनि समस्या नै देखिएकोछ । नजोगाउँदा पनि पुराना कलात्मक घरहरु, पाटी, पौवा, फल्चा, मन्दिरहरु र ईतिहास नै मेटिने खतरा पनि छँदैछ ।