श्री तानादेवी (तारणी भवानी) - Shree Tana Devi (Tarani Bhavani) शक्तिपीठ (Shaktipith) को मन्दिर काठमाडौँको मखनटोलमा रहेकोछ । काठमाडौँ साँच्चै नै सम्पदाहरूले भरिपूर्ण उपत्यका रहेछ । सम्पूर्ण रूपमा देख्न र बुझ्नको लागि सदियौँको समय लाग्न सक्छ कि भन्ने लाग्यो । यस्तो देशको नागरिक हुनुमा गर्व लागेकोछ ।