हनुमानढोका र तलेजु (Hanuman Dhoka and Taleju) को सेरोफेरो खाली नेपाली कला र संस्कृतिसँग मात्र जोडिएको छैन । यो क्षेत्र राजनीति, अर्थनीति, संस्कृति, इतिहास, किंवदन्ती, धर्म, षडयन्त्र, हिंसा, सफलता, असफलता, क्रूरता, बर्बरता, रस, रङ, मनोरञ्जन, अफवाह, हुल, हुज्जत, आन्दोलन, सभा, सम्मेलन आदि शव्दहरुसँग जोडिएको क्षेत्र हो । साथै मेरो बाल्यकालका कतिपय अविस्मरणीय यादहरू रहेको क्षेत्र पनि हो यो हनुमानढोका क्षेत्र ।