भक्तपुरको त:पुखू (Ta Pukhoo-Pokhari) at Bhaktapur

भक्तपुर मात्र होइन उपत्यकाका नेवार वस्तीहरूको विकास भएको बेला वस्तीमा पानीको सुविद्या दिलाउनको लागि राम्रो योजना बनेको देखिन्छ । त्यसमध्ये पोखरी एक हो । हरेक नेवार वस्तीमा विभिन्न पानीको पोखरी निर्माणले सुखा मौसममा खेतीलाई जोगाउने, बस्तुलाई ख्वाउने, आगलागीबाट जोगाउने, लुगा धुने र भाडा माझ्ने जस्ता कामको लागि सहयोग भएको देखिन्छ । भक्तपुरको ताःपुखू एक उदाहरण हो । जिर्णोव्दार गरिएको त्यो पोखरीले भक्तपुर नगरको सुन्दरतालाई जोगाएकोछ ।