चित्रसारी मन्दिर
चित्रसारी मन्दिर (Chitrasari Temple) रत्ननगर नगरपालिका (Ratnanagar Municipality) चितवन, वडा नं ८ मा पर्ने एक प्रख्यात मन्दिर हो । रोचक कुरा के छ भने आईतसिँह महतो र अनिता महतोले स्व.छोरा अंश महतोको सम्झनामा उनको बार्षिक पुण्यतिथिको दिन पारी १०८ वटा शिबलिंगको स्थापना गरेकाछन् र त्यसले भक्तजनहरुलाई मन्दिरप्रति अझ आकर्षण गर्न सहयोग पुगेकोछ । मन्दिरको अगाडी रहेको भिमकाय रुखमा असंख्य चराचुरुंगीहरु बास बस्छन् र गाउँलाई नै मोहित पार्ने गरी मीठो गीत गाईरहन्छन् ।