काठमाडौंबाट ४२ किलोमिटर टाढा काभ्रे जिल्लाको पाँचखालमा अवस्थित पलाञ्चोक भगवतीको मन्दिर प्रख्यात मन्दिर मध्येको एक हो । अरनिको राजमार्गको साईडरोडबाट करीब १० किमि मोटरको बाटो हिँडे पछि मन्दिरमा पुग्दछ । १५ सय ६३ मिटर अग्लो यो मन्दिर मानदेवको पालामा निर्माण भएको थियो । कालो ढुङमा खोपिएको भगवतीको मूर्तिको फोटो नखिच्नको लागि सूचना टाँस गरिएको छ । बली चढाउनको लागि छुट्टै ठाउँ बनाएकोछ । त्यसको लागि भक्तालुहरुले छुट्टै दक्षिणा तिर्नु पर्दछ । घण्टी र घागो चढाउने चलन रहेछ । केहि बर्ष यता मन्दिर परिसरलाई सुधार गरिएको देखिन्छ । यसमा मन्दिर वरपर लिखोटहरु राख्ने, गाईडको व्यवस्था गर्ने, सफा र सुग्घर राख्ने, पर्यटकहरुलाई चाहिने भौतिक पूर्वाधारहरु निर्माण गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु, धर्माबलम्बीहरुलाई अझ बढी आकर्षित गर्न सकिन्छ कि ?