काभ्रे जिल्लाको पाँचखालमा एक कालिकाको मन्दिर रहेकोछ । यो मन्दिरलाई पलाञ्चोक भगवतीको मन्दिर भन्दा पुरानो र पलाञचोक भगवतीको जेठी दिदी मानिंदो रहेछ । हामी त्यहाँ पुग्दा सुनसान थियो । एक दुईवटा पुजाका साना पसलहरु थिए । सहरको वातावरण भन्दा अलग्गै रमणिय ठाउँ थियो त्यो ।

नेपालमा आन्तरिक पर्यटकहरुको लागि धार्मिक रुपमा नै किन नहोस पुर्खाहरुले धेरै सम्पदाहरु जोडेका थिए । तर हाम्रो पुस्तासम्ममा आई पुग्दा सहि सदुपयोग गर्न भने बाँकी नै रहेको पाएँ ।