काभ्रे जिल्लाको केराघारी पाँचखाल नगरपालिकास्थित मूल सडकको छेवैमा एक खुवा पसल रहेको छ । हामी त्यहाँ पुग्दा राधा तिम्सिना पसलमा थिईन् । उनले आफ्नो फोटो र पसल सामाजिक सन्जालमा राख्न राजी भईन् । उनको भनाई अनुसार करीब चौध लिटर दुधबाट साढे दुई किलो खुवा बनाउन सकिन्छ । एक किलो खुवाको मुल्य ८ सय रुपैया पर्ने रहेछ । दुध तताएर मथ्न स्थानिय रुपमा निर्मित मेशिन बनाएका रहेछन् । त्यसले गर्दा हातले मथ्नु पर्दैन र मानव श्रोतको बचन भएकोछ । मिठो र ताजा खुवाको स्वाद हामीले पनि लिन पायौं ।