हरेक दिन काठ्माडौंको दक्षिण दिशामा हरियो अग्ला पहाडमुनि रहेको घना बस्ती भित्रको मन्दिर कस्तो होला भन्ने कौतुहलता जागेको बन्दाबन्दीको समयदेखि हो । पहिले पहिले किर्तिपूरमा धेरैपल्ट गएको बेला पनि त्यो मन्दिरमा पस्ने मौका पाएकी थिएन । तर यो पल्ट जाने समय निकालें बाघभैरबको त्यो मन्दिर । एक्लै यात्रा गर्ने बानी त धेरै समय पहिलेदेखि नै परिसकेको थियो । यो पल्ट पनि यात्रा गरें एक्लै नै । मन्दिर वरपर पुग्दा थाहा भयो । मन्दिर मात्र होईन, त्यो वरपरको स्थान नै ऐतिहासिक, सांस्कृतिक कला र परम्परा झल्काउने खालको रहेछ । थोरै समयको त्यो यात्रा बिच केहि फोटोहरु खिचें । किर्तिपुरका नेवार समुदायको पहिचान झल्काउने घर र बस्तीहरुलाई २०७२ सालको भूकम्पले पनि छुन नसकेकोमा खुशी लाग्यो । त्यहि बेला सतुंगल, बलम्बु र बोसीगाउँमा मात्र १२ सय पुराना घरहरु नष्ट भएका थिए । किर्तिपुरको त्यो स्थानमा पुगेपछि मेरो भोक मेटिएन, झन बढ्यो । कोहि मनकारी, किर्तिपुरबासी, समय निकाल्न सक्ने साथीहरुको सहयोग पाएमा म फेरि पनि किर्तिपुरको यात्रा गर्नेछु र धेरै भन्दा जानकारी र आनन्द लिनेछु ।