बन्दाबन्दीमा फस्टाएको नयाँ व्यापार

------------------------

बुद्धपार्क स्वयम्भुको छेउको फुटपाथमा ससाना बोराहरु लाईन राखेर गेडागुडी, अदुवा, लसुन र अरु मसला बेच्ने एक व्यापारी थिए । उनले धेरैजसो सामानहरु गाउँबाट सिधै ल्याएर बेच्थे । कोभिड -१९ को कारण धेरै जसो पसल र फुटपाथ पसलहरु बन्द भए । उनको पनि भयो । बाहिर कसैले पसल राख्यो कि प्रहरी आएर खेद्न थाल्दथे । उनले एउटा नयाँ जुक्ति सोचे । बोरामा मकै, धान, गहुँ मिसाएर त्यहि फुटपाथमा बेच्न थाले । मानिसहरुको लागि होईन, परेवाको लागि । स्वयम्भुमा धर्मभिरुहरु कम थिएनन् । कोभिडको बेला पनि बाँदर, कुकूर, परेवालाई ख्वाउने मान्छेहरु थिए । त्यसकारणले उनको नयाँ व्यापारले निरन्तरता पायो । अहिले त दिनमा सयौं मानिसहरुले अन्न किनेर परेवालाई ख्वाउनेकामले निरन्तरता पायो । उ बेला त्यो ठाउँमा फाट्टफुट्ट देखा पर्ने परेवाहरु, अहिले हजारौंको संख्यामा अन्नको लागि आउने गरेकोछ ।