काठमाडौंको व्यापारिक ठाउँ ईन्द्रचोकबाट भेँडासिङ कटेपछि आउने अर्को चोकमा एउटा अनौठो देउतास्थान थियो । त्यसको नाउँ वास्याः द्यः थियो । म सानो छँदा दाँत दुख्यो भने आमाले जाउ वास्याःद्यःयात ध्यवा छाना वा भनेर एक, दुई या पाँच पैसा दिनु हुन्थ्यो । नेपाली समाजमा के विश्वास थियो भने त्यो देउटाले दाँत दुखेको निको पार्दछ । सानी छँदाको देउटासंगको त्यो साईनो ठूली हुँदा पनि भयो । एक दिन त्यो बाटो हिँडिरहेको बेला त्यो देउटाको केहि फोटो खिचें । तर अफसोचको कुरा केहि समय पछि त्यो वास्याःदेउटालाई कसैले काटेर चोरेर लग्यो । नेपालको ईतिहास, संस्कृति, सम्पदाहरु जसले नेपालको पहिचान दिन्छ, नेपाल धार्मिक, सांस्कृतिक रुपले सम्पन्न छ भन्ने पहिचान बिश्वलाई दिन सक्छ । नेपालको सम्पदालाई नष्ट गर्ने चोर्ने त्यसता अपराधीहरुलाई अपराधीलाई समाउन र सजाँय दिन सरकार सफल हुनेछ भन्ने आशा गरौं ।