नेपालमा बारुदी सुरुङबाट मात्र सर्वसाधारणहरु पीडित बनेका छैनन् । घरेलु दशबर्षे सशस्त्र व्दन्दकाल र व्दन्द पछि सर्वसाधारणहरु घरेलु बिष्फोटक पदार्थबाट अंगभंग, मृत्यु र घाईते भएकाछन् । चितवनको त्यो यस्तो दुःखदायी घटना थियो, जसमा ३९ जनाको मृत्यु र ७२ जना घाईते भए । पीडितहरु ती घटनालाई कहिल्यै बिर्सन सकेनन् र उनीहरु हक तथा अधिकारको लागि निरन्तर आवाज उठाईरहेकाछन् ।