कालिमाटीको बजार भित्र एउटा पुरानो चोक रहेछ । जसको नाम खुसीबही रहेकोछ । बाहा बही पुरानो समयमा शिक्षा दिक्षा प्राप्त गर्ने स्थान हुने गर्दथ्यो । त्यहि बहीमा दुईवटा आजा अजि मन्दिरहरु आमने सामने गरी बनाएकोछ । त्यहाँका बासिन्दको भनाईमा ती मन्दिरहरु तीन चार पुस्ता देखि नै रहँदै आएकोछ । नेवार समुदायले बाज्यलाई आजा र बज्यैलाई अजि भन्ने गरिन्छ । त्यहाँ एउटा नदी संगम महाबिहार पनि रहेकोछ ।