धनराज जैन (भन्साली), केशरदेवी जैन, कमल जैन, सायर जैन, प्रेक्षा जेन, पुलकित जैन व्दारा निर्मित कैलाशनाथ शिवालयको निर्माण सन् २००४ मा शुरु भएर सन् २०१० मा सम्पन्न भएको थियो । नेपाल पर्यटन बर्ष सन् २०११ को उपलक्ष्यमा बिसं २०६७ आषाढ ७ (ईसं २०१० जुन २१) मा उदघाटन भएको थियो । यो १४४ फिट अग्लोछ र बिश्वको ४४ औं अग्लो मूर्तिमा पर्दछ । यो काठ्माडौंबाट करीब २० किमि टाढा भक्तपूर र काभे्र जिल्लाको बिचमा पर्दछ । हामी त्यहाँ पुगेको बेला निकै भिड थियो । त्यहाँ भित्र ठूलठूला व्यापारिक भवनहरु बन्दै थिए भने परिसर बाहिर सयौं पुजाका सामानहरु, चिया पसलहरु र अन्य व्यापारको चहल पहल भएको पाईयो । कुनै बेला त्यो ठाउँ भीर र खेती पनि नहुने जग्गा थियो । अहिले धार्मिक, पर्यटकिय, मनोरञ्जनस्थल तथा व्यापारिक स्थल बनेको छ ।