मकवानपूर जिल्लाको चित्लाङ नेवार समुदायको पुरानो बस्ती हो । त्यहाँ नेपालको दक्षिणी भागमा एक जल्दाबल्दो व्यापार गर्ने नाका थियो । त्यहाँ नेपालको विभिन्न क्षेत्रको पीठ देवता (अष्टमात्रिका) भए जस्तै बस्तीको पुछारमा खोलाको छेउ श्रीसूर चन्द्र भैरब मन्दिर रहेकोछ । खोलाको छेउमा रहेका एक भैरब र आठ मातृ (अष्टमात्रिका) रहने कुरा घुमन्ते यूगबाट खेती प्रणाली र स्थायी बसोबासको शुरुआत भएको प्रतिक त होईन भन्ने प्रश्न मनमा आईरहन्छ । जहाँ मातृसत्तात्मक समाजको बोलबाला पनि देखिएकोछ । त्यो मन्दिरमा काठ्माडौंको कँन्केश्वरीमा जस्तै पुजारी देउला रहेकोछ । जसलाई शुद्ध मानिन्छ । दलित मानिन्दैन । बिश्वको सभ्यतालाई हेर्ने हो भने पानीको नजिक नै सभ्यताको ईतिहास पाईन्छ ।