चित्लाङ (Chitlang, Makwanpur) फोटो परिचय

नेवार बस्तीका पुराना घरहरु जुन २०७२ सालको महाभूकम्पबाट बचेकाछन् । साधारण र पुराना जीवनशैलीमा बाँचेकाछन् । चित्लाङ कुनै बेला ब्यापारिक नाका थियो । भिमसेनलाई बिशेष ढंगले पुज्ने चलनछ त्यहाँ । तरकारी खेतीको प्रचुर मात्रामा गरिन्छ । कच्चै किन नहोस चित्लाङबाट मातातीर्थ जोड्ने मोटरको बाटो बने पछि फर्पिङबाट भन्दा छिटो भएकोछ । बलामी थरका नेवारहरुको बाहुल्यता रहेको पाईन्छ । श्रीसूर भैरबको मन्दीर, सातधारा, चैत्यहरु त्यहाँका चर्चित ऐतिहासिक र धार्मिक स्थलहरु रहेकाछन् । डाँडामा गह््राखेती गरी बस्तीलाई अझ सुन्दर बनाएकाछन्, त्यहाँका जनताले । खेत, कुलाबाट बग्ने सँग्लो कलकल बग्ने पानीले सिँचाईमात्र गरेको छैन, बस्तीको सुन्दरतालाई पनि बढाएकोछ । हरियो जंगलले बस्तीको शोभाको साथै स्वच्छ हावा दिएकोछ । लेकतिर बस्ने तामाङहरु नयाँ फराकिलो बाटोको कारणले लेकबाट बेसी झर्ने र लेकपनि बेसीजस्तो देखिन थालेकोछ । सुख, समृद्धि, प्रगतिको लागि शुभकामना सवै चित्लाङबासीमा । चित्लाङ पुग्न मौका दिने महिला शुरक्षा दवाब समूहलाई धन्यवाद ।