प्रेस बिज्ञप्ती

(१ मार्च बारुदी सुरुङ प्रतिबन्ध सन्धी बाध्यात्मक बनेको दिनको सन्दर्भमा बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले जारि गरेको)

नेपालमा बारुदी सुरुङ क्षेत्र मुक्त घोषणाले (सन् २०११) दश बर्ष पार गरेकोछ । माईन एक्सनको क्षेत्रमा नेपालले उल्लेखनीय योगदान गरेको भए पनि यसले हालसम्म पनि सन्धीको पक्षराष्ट्र बन्न नसक्नु दुःखको कुरा हो । यसले माईन एक्सनको क्षेत्रमा ओस्लो कार्ययोजनासंग मिल्दो जुल्दो कैयौं कार्यहरु सम्पन्न गरिसक्दा पनि सन्धीमा प्रवेश गर्नु जरुरी छ भन्ने बिषयलाई महत्व दिन नसकेको भन्ने पुष्टी गरिरहेकोछ । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपाल सरकारलाई सन्धीमा छिटो भन्दा छिटो प्रबेश गर्न आग्रह गर्दछ ।

नेपालमा हालसम्म पनि बिष्फोटक पदार्थहरुको प्रयोग भईरहने कुराले नेपाली नागरिकहरुले बेला बेलामा अशुरक्षाको अनुभूति गरिरहेकाछन् । त्यसता बिष्फोटक पदार्थबाट सर्वसाधारणहरुको मृत्यु र अंगभंग हुनु दुःखदायी कुरा हो । यस संस्था बिष्फोटनका घटनाहरुको बारेमा छानबिन गर्न, मृत्यु भएका तथा घाईते परिवारलाई औषधि उपचार गर्न, राहत लगायत आवश्यक सहायता उपलब्ध गराउन, बारुदी सुरुङ र बिष्फोटक पदार्थहरु (व्दन्दका अवशेषहरु) को बारेमा बिस्तृत सर्भे गर्न, नेपाली भूमिलाई बारुदी सुरुंग र बिष्फोटक पदार्थको जोखिमबाट पूर्ण रुपमा मुक्त बनाउन सरकारसंग हार्दिक अनुरोध गर्दछ ।

हालसालै रुस र यूक्रेन बिच भएको व्दन्दको सिलसिलामा बारुदी सुरुङ र ल्कस्टर बम प्रयोग गरेको सन्केत मिलेको सन्दर्भमा नेपाल सरकारले सर्वसाधारणलाई नोक्सान तुल्याउने त्यसतो खालका हतियार प्रयोग नगर्न सम्बन्धित राष्ट्रलाई आव्हान गरियोस भन्ने अनुरोध गर्दछ ।

यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै नेपालमा बारुदी सुरुङ तथा बिष्फोटक पदार्थको प्रयोग, उत्पादन, ओसार पसार र भण्डारनमा प्रतिवन्ध गर्नु पर्दछ र बारुदी सुरुङ प्रतिवन्ध सन्धी (Mine Ban Treaty ) को नेपाल पक्षराष्ट्र बन्नु पर्दछ भन्ने बिषयमा वकालत गर्दै आईरहेकोछ ।

१ मार्च २०२२