व्दन्दको समयमा सरकार र विद्रोही पक्षबाट बारुदी सुरुंग र बिष्फोटक पदार्थहरुको अत्यधिक प्रयोग गरे । त्यसबाट सर्वसाधारणहरु, सुरक्षाकर्मिहरु र स्वयं बिद्रोही पक्षधर व्यक्तिहरु समेत शिकार बने । कैयौं मृत्यु, अंगभंग र घाईते भए । सन् २००६ मा सरकार र विद्राही पक्ष विच बृहत शान्ति सम्झौता भए र बारुदी सुरुंग तथा बिष्फोटक पदार्थका समस्यालाई हल गर्ने प्रतिवद्धता जनाए । तर शान्ति सम्झौता भएका करीब १५ बर्ष बितिसक्दा पनि सरकारले सन्धीमा प्रवेश गरेको छैन, पीडितहरुको समस्यालाई हल गर्न सकेको छैन र विभिन्न बेलामा हुने दुर्घटनालाई बन्द गर्न सकेको छैन । त्यसकारण सन्धीको बिश्वव्यापीकरणको लागि र सन्धीमा प्रवेश गर्न किन जरुरी छ भन्ने चेतना फैलाउनको लागि एनसिबिएलले १०१ बिर्सिएका आवाजहरु शिर्षकमा बारुदी सुरुंग तथा बिष्फोटक पदार्थका पीडितहरुको कथाहरुलाई प्रकाशित गरेकोछ । ती कथाहरुलाई विभिन्न भागमा बिभाजन गरी क्रमैसित प्रकाशित गर्ने र पीडितहरुको चित्कारलाई सवैमा पुर्याउने हेतुले आवाजहरुको संगालोलाई प्रकाशित गरिएकोछ ।