बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले यहि पौष ७ देखि ९ मा सात वटै प्रदेशका बारुदी सुरुङ र बिष्फोटक पदार्थबाट घाईते तथा अपाङता भएका व्यक्तिहरुको बिच छलफलको आयोजना गर्‍यो । उक्त कार्यक्रमा घाईते तथा अपाङगता भएका सर्वसाधारणहरु, नेपाली सेना, सशस्त्र प्रहरी तथा तत्कालिन विद्रोही पक्षका तर्फबाट उपस्थित भएका थिए । २६ जना उपस्थित भएको सो कार्यक्रमलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य, कानून, न्याय तथा संसदिय मामलाका पूर्व मन्त्री तथा बारुदी सुरुङ तथा बिष्फोटक पदार्थ बिरुद्धको संसदिय मंचका संयोजक माननीय शेरबहादूर तामाङले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै माननीय शेरबहादूर तामाङले भन्नु भयो, "नेपाल बारुदी सुरुग प्रतिवन्ध सन्धीको पक्ष राष्ट्र बन्नु पर्दछ"। यो बिषय र पीडितहरुको अधिकारको बिषयलाई संसदमा पेश गर्ने प्रतिवद्धता जनाउनु भयो । अतिथि तथा वक्ताको रुपमा प्रमुख सेनानी श्री पवन कुमार खड्का (केन्द्रिय जङगी अड्डा नेपाली सेना), कल्पना नेपाल आचार्य (राष्ट्रिय मानव अधिकार आयोग), पूर्णशोभा चित्रकार (एनसिबिएल) ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सहभागी जूठे श्रेष्ठ र जेबी लामाले गीत प्रस्तुत गरी सहभागीहरुलाई मनोरन्जन गराउनु भएको थियो ।

उक्त कार्यक्रमको सिलसिलामा डेलिगेशनव्दारा प्रदान गर्ने ज्ञापनपत्र ग्रहण समयको लागि प्रधानमन्त्री सम्माननीय शेरबहादूर देउवा र परराष्ट्रमन्त्री माननीय नारायण खड्काज्यूलाई पत्र पठाएको थियो भने गृह मन्त्रालय, कानून न्याय तथा संसदिय मामला मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई कार्यक्रममा अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको थियो ।

उक्त कायक्रमको सिलसिलामा निम्न कार्यहरु सम्पन्न गरिएको थियो । 

·         समूह छलफल र ज्ञापनपत्र तयार पारियो

·         प्रदेशका र पेशा समुदायका बारुदी सुरुंग र बिष्फोटक पदार्थबाट घाईते तथा अपांगता भएका अति

समस्यामा परेका व्यक्तिहरुको जीवन निर्वाहको लागि व्यवसाय, शिक्षाको लागि छनौट गरियो ।

·        बारुदी सूरुङ अनुगमन प्रतिवेदन २०२१ सार्वजनिक गरियो ।

·  बारुदीसुरुङ रबिष्फोटकपदार्थकापीडितहरुकोअनलाईनसन्जाल "हाम्रोआवाज" सार्वजनिकगरियो। ।