सन्दर्भः सुर्खेतमा भएको बिष्फोटन

पूर्णशोभा चित्रकार

सरकार र तत्कालिन माओवादी विच शान्ति सम्झौता भएको पन्ध्र बर्ष बितिसकेकोछ । तर पनि देशका कुनै न कुनै बेला, कहिँ न कहिँ बिष्फोटनका घटनाहरु भैरहेकाछन् । २०७८ साल कार्तिक ६ गतेका दिन सुर्खेत जिल्लाको वीरेन्द्रनगर ७ कटकुवा सामुदायिक बनमा बिहान नौ बजे एक अर्को बिष्फोटन भएकोछ । नयाँ सबुज गणको फायरिंग रेन्ज ईलाकामा लामो आकारको बिष्फोटक पदार्थमा टेक्दा बिष्फोटन भई घाँस दाउरा गर्न गएका विरेन्द्रनगर नगरपालिका वार्ड नं ७ बस्ने बर्ष १४ को नरेश नेपाली र बर्ष १९ को लिला नेपाली घाईते भएकाछन् र नरेश नेपालीको आँखामा चोट लागेकोछ । घाईते दुबै जनालाई देउती स्थिति नर्सिङ होममा उपचार गरिएकोछ ।

उक्त घटनाले मानिसहरुको मनमा त्यसतो बिष्फोटक पदार्थ कसले, कहिले र किन राखियो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । बिष्फोट भएको त्यो लामो पाईप जस्तो हतियार के थियो < जसलाई टेकेको हुनाले बिष्फोट भयो < त्यो बारुदी सुरुंग थियो या अरु केहि <

त्यो बिष्फोटक पदार्थ व्दन्दकालदेखि नै बेवारिसे अवस्थामा रहेको हो भने हामीले के भन्न सक्छौं भने सन् २००६ मा भएको शान्ति सम्झौताले अपेक्षा गरे अनुसार बारुदी सुरुंग र बिष्फोटक पदार्थहरुको खोजी गर्ने, जानकारी लिने दिने र नष्ट गर्ने काम सम्झौताको पन्ध्र बर्ष पछि पनि अधुरो रहेको छ । यसमा हामीले सरोकार राख्नु पर्ने बिषय के हो भने यसतै बिष्फोटक पदार्थहरु देशका विभिन्न भागहरुमा रहेकाछन् भने निर्दोष, अवोध सर्वसाधारणहरु अझै पनि अशुरक्षित छन्। यसतो समस्यालाई समाधान गर्न व्दन्दमा सहभागी भएका राजनीतिक पार्टी र सरकारले जिम्मेवारीपूर्वक खोजी कार्यलाई निरन्तरता दिने, नष्ट गर्ने र जमिनलाई सुरक्षित गर्नु पर्दछ । शान्तिमा बिश्वास गर्ने कुनै पनि राजनीतिक पार्टी र सरकारले जनताले चाहेको जस्तै नेपाललाइ ʻसून्य बिष्फोटन-सून्य पीडित’को अवधारणालाई बलियोसंग लागू गर्न जरुरीछ ।

यदि त्यो हतियार हालसालै मात्र प्रयोग गरिएको थियो कि भन्ने शंका गर्ने हो भने त्यो स्थिति पनि देखा परेकोछैन । तत्कालिन नेकपा माओवादीबाट छुटेर बनेको नेकपा -बिप्लब) ले २० फागुन २०७७ मा सरकारसंग तीन बुँदे सम्झौता गरेकोछ ।  त्यस पश्चात पार्टी भूमिगतबाट खुला भएकोछ । सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने रामबहादूर थापा -बादल) र नेकपा बिप्लवको तर्फबाट खड्ग बहादूर बिश्वकर्मा –प्रकाण्ड) विच भएको उक्त सम्झौतामा पार्टीका सवै गतिविधिहरु शान्तिपूर्ण गर्ने र राजनीतिक बिषयहरुलाई राजनीतिक वार्ताव्दारा हल गर्ने, राजबन्दीहरुलाई रिहा गर्ने र सवै मुद्दाहरु खारेज गर्ने भन्ने रहेकोछ ।

नेकपा -मोहन बैद्य) ले टिभीको एक अन्तर्वार्तामा संसदिय दलहरु र अहिलेको सरकारको विरुद्धमा कम्युनिष्ट र देशभक्तहरुको एक मोर्चा बनाई हतियारबन्द संघर्ष गर्नु पर्ने बताए पनि उनको पार्टी एक बिभाजित र कमजोर बनेको स्थिति छ र अहिले नै संघर्षको आव्हान गरेको अवस्था छैन ।

त्यो हतियार सुरक्षा निकायले तालिमको सिलसिलामा लापर्वाहीपूर्वक छोडेको हो भने आगामी दिनहरुमा तालिम क्षेत्रहरुलाई व्यवस्थित र सुरक्षित बनाउने र त्यस्ता हतियारहरु सम्वन्धमा लापर्वाही नगर्ने कुरामा पूरा ध्यान दिनु पर्दछ । युद्धको अवस्था वा शान्तिको बेला वा तालिमको बेला सुरक्षा जस्तो जिम्मेवार निकायले मानवियता र मानव अधिकारको बिषयमा गम्भीर बन्नु आवश्यकछ ।

बिष्फोटनको सवालमा स्थानीयहरुको भनाई अनुसार वनमा गएका ती दुईमध्येले खुट्टाले टेकेपछि त्यस बस्तु बिष्फोट भएको हो । यदि त्यसतो हो भने त्यो हतियार भिक्टिम एक्टिभेटेड हो । यस्तो हतियार कारखानाबाट होस या घरेलु उपकरणहरुबाट निर्मित भएको होस, ओटावा सन्धीको धारा २ को परिभाषा अन्तर्गत गैरकानूनी ठहर्याईएकोछ । किनकि यसतो हतियार बिना कमाण्डबाट चल्ने, अविभेदकारी र सर्वसाधारणहरुलाई प्रभावित गर्ने भएकोले संसार कै ध्यान यस्ता खालका हतियारहरुको उत्पादन, प्रयोग, ओसार पसार र भण्डारनको विरुद्धमा केन्द्रित भएको हो । यदि नेपालमा यस्ता खालका हतियारहरु उत्पादन, प्रयोग, ओसार पसार र भण्डारन भएको थियो वा छ भने त्यसको विरुद्धमा सचेतना र दवाव अभियानलाई तेजिलो बनाउनु पर्दछ ।

सन्दर्भः सुर्खेतमा भएको बिष्फोटन - Sapta Kiran