प्रेस बक्तव्य

हालै सुर्खेत जिल्लाको वीरेन्द्रनगर ७ कटकुवा सामुदायिक बनमा बिहान करीब दश बजेर पैंतालिस मिनेटमा घाँस दाउरा गर्न गएको बेला बेवारिसे बम विस्फोट भएको प्रति बारुदी सुरुङ प्रतिवन्ध अभियान नेपालको ध्यानाकर्षण भएकोछ । तत्कालिन माओवादी र सरकार विच भएको सम्झौताको १५ बर्ष पछि पनि बिष्फोटक पदार्थबाट सर्वसाधारणहरु अंगभंग हुन पर्नु दुःखदायी घटना हो । बारुदी सुरुङ प्रतिवन्ध अभियान नेपालले यस वक्तव्य मार्फत सरकारसंग निम्न माग गर्दछ ।

- त्यस घटनाको सत्यतथ्य बारे विस्तृत छनविन गरियोस,

- घाईतेहरु लिला नेपाली र नरेश परियारको औषधी उपचार र उनीहरुलाई आवश्यक सहायता गरियोस,

- बारुदी सुरुङ र बिष्फोटक पदार्थहरु (व्दन्दका अवशेषहरु) को बारेमा बिस्तृत सर्भे होस,

- नेपाली भूमिलाई बारुदी सुरुंग र बिष्फोटक पदार्थको जोखिम मुक्त बनाईयोस र भबिष्यमा कुनै पनि नागरिक र बालबालिकाहरु जोखिमबाट मुक्त बनाईयोस

- र सरकारले यथासिघ्र बारुदी सुरुंग प्रतिवन्ध सन्धीमा प्रवेश गरोस ।

बारुदी सुरुङ प्रतिवन्ध अभियान नेपाल स्थापनाकालदेखि नै नेपालमा बारुदी सुरुङ तथा बिष्फोटक पदार्थको प्रयोग, उत्पादन, ओसार पसार र भण्डारनमा प्रतिवन्ध गर्नु पर्दछ र बारुदी सुरुङ प्रतिवन्ध सन्धी (Mine Ban Treaty) को नेपाल पक्षराष्ट्र बन्नु पर्दछ भन्ने बिषयमा वकालत गर्दै आईरहेकोछ ।