मान्छे म

बन्दाबन्दी?

निषेधाज्ञा?

शव्दहरुको शिकार बनेको

मान्छे म ।

आकाशको गड्याङ गुडुङ

गर्जन भन्दा चर्को

पेटको गर्जन बोकी

सुस्तरी पाईला चाली हिड्ने

मान्छे म ।

लालाबालाको कोलाहल सुने नसुनेझै गर्ने

भान्छाको अँध्यारो कुनाको चुलोमाथि

घोप्टिएका रित्ता भाँडाहरु

देखे पनि नदेखे झै गरी हिँड्ने

मान्छे म ।

निषेधाज्ञा? जोहो गर्न नसक्ने?

तर लाचार नबनी हिम्मत जुटाई

चोक, सडक र गल्लीहरुमा

रोजगारी बटुल्दै हिँड्ने

मान्छे म ।