कालो चश्मा

आँखा चिलायो

आँखा पोल्यो

बर्बरी आँसु पनि झर्यो ।

के भयो? के के भयो?

लाग्छ रातो रंगको एलर्जी भयो ।

रातो अबिर

रातो माला

रातो खादा

रातै झण्डा

हेर्नै नसकिने भो

यसपालीको रातो

मलाई रातो रंगको एलर्जी भयो ।

डाक्टर छन्

नर्स छन्

स्वास्थ्य सेविकाहरुछन्

तर निषेधाज्ञा पनि त छ

उपचार पाउने कसरी हो?

झट्ट सम्झें

भान्छाको कुनामा घोप्टीएको

घोप्टे हाँडी जस्तै कालो

मेरो कालो चश्मा ।

निषेधाज्ञा हटोस

कोरोनाले नछेकोस

उपचार खोज्न

बजारतिरै जाउँला ।

अहिलेलाई

कालो चश्मा लाउँला

तत्क्षणमा

उत्ताउलो, ज्यादै नै उत्ताउलो

रातो रंगको एलर्जीबाट बचुँला ।