चिसिएको मन

पूर्वबाट सूर्य उदायो

नीलाम्बर र चहकिलो आकाश ।


घामले थपथपाई मायालु पाराले

जिउभरी कम्बल ओढाई दियो

अहो, न्यानो शरीर

कति खुशी यो मन ।


त्यहि नीलो आकाश

झुण्ड झुण्डमा शिकारी चीलहरु

कर्कस स्वर निकाल्दै

मण्डारीरहेको दृष्यले

एकाएक मन चिस्याई दियो

कतै कुनै निर्दाेष पंक्षी

शिकारीको शिकार बन्दैछ ।