वार्ता

आज म देख्दैछु

हिलटप माथि

ढुकुर र सारौंको वार्ता

साक्षी छन् दुई ठूला झण्डा

केहि दर्जन तोरणहरु ।


उत्सुकताले मनैसित सोधें

वार्ताका बिषय के होलान हँ ?

हिलटपमै गहिरोसित नियालें

लेखिएको रहेछ 'एक हजार लिटर'


अनुमान गरें वार्ताको वजन 

र त्यसको आयतन

लेखिएको भन्दा कम हुने छैन

तर सत्य बुझुँ कसरी?


आँखा विछ्याएँ कान थापें

घुर्घुर घुँ, क्याँ कुँको 

दुई फरक ध्वनी लगातार बज्रिरह्यो

तर भाव सम्म पनि बुझ्न कठिन भयो ।


२८ मंशीर २०७७