प्रकृतिले मलाई सोधिन

एकाविहानै आज

प्रकृतिले सोधिन् ।


के तिमी मेरा प्यारा कलिला

मुनाहरुको निम्ति

केहि पल दिन सक्छौंं?


मुनाहरु, यो वातावरणको 

फोहर र दुर्गन्धबाट

गर्मी र जाडोको सुखाबाट

बर्षातको भेलबाट

अशुरक्षित छन् ।


उनीहरु बाँच्नको लागि

जवानीमा हुर्किनको लागि

बंशजको शुरक्षाको लागि

म तिम्रो केहि पलको आशा गरिरहेकीछु ।

भन तिमी मेरा ती प्यारा कलिला

मुनाहरुको निम्ति

केहि पल दिन सक्छौंं?

बदलामा म तिमीलाई

पल पलमा खुशी नै खुशी दिन्छु ।


म तिमीलाई हरियाली दिन्छु 

शितल पवन दिन्छु 

मनै मुस्काउने 

रंगी विरंगी फूलहरु दिन्छु 

ऋतुपिच्छेका फलहरु दिन्छु

फूलमा बस्ने सुगन्ध दिन्छु 

चिरविर गर्दै

मन मुग्ध गीत गाउने

थरिथरिका पंक्षीहरु दिन्छु ।


भन तिमी 

मेरा केहि मुनाहरु हुर्काउन 

तिमी केहि पल दिन सक्छौ ?

बदलामा म तिमीलाई 

पल पलमा खुशी नै खुशी दिन्छु ।


५ मंशीर २०७७