बाघचालको यो फोटो भक्तपुरमा खिचेकीहुँ । सानोमा मलाई यसतो बाघचालको खेल अहिलेको सतरंज खेल जस्तै चर्चित लाग्दथ्यो । टोल टोलमा जहाँ पनि यो खेल खेलिरहेको देख्थे । त्यो बेला नेवार समुदायमा बालबालिकाहरुले खेल्ने धेरै प्रकारका परंपरागत खेलहरु हुन्थे । सात पाँच बाह्, च्याम्पति, गुच्चा, ह्वाग्रा, खिपः, चागः, साईं, ध्वाईं, डांगडुंग कासा, तेलकासा, सुलाकासा, धाक्रांछु, कतांमरि, कथिकासा, खेँकासा, यकंधाला, कानाकाना पिच्चा, भ्वयकासा, कवर्डी, पानदश, यकंधाला आदि । यी खेलहरु सामान किनेर खर्च गर्न नपर्ने आउटडोर र ईनडोर किफायती खेलहरु थिए । अरु पनि कैयौं होलान ।