रंगमञ्चमा नेकपा !!

रंगमञ्च मा अभिनय गरि रहेका पात्र को चित्र/रोल-मोडेल नेपथ्य मा अर्कैले लेखेका हुन्छन । जे भुमिका निर्धारित गरिएको हुन्छ त्यही प्रस्तुत गर्ने हो , आफू लाई लागेका सबै कुरा निषेधित । एक हिसाब ले हेर्दा कठपुतली झैं ।

अहिले नेकपा का नेताहरु पनि कुनै अदृश्य नेपथ्य बाट अभिनय गर्दै छन भन्ने कुरा मा कुनै शंका नराख्दा हुन्छ ।

दुबै समूह लाई ढाडस दिने काम नेपथ्य बाट बलियो सङ्ग गरिएको छ , रस्साकस्सी यस्कै परिणाम हो ।

नेपथ्य बाट यस पटक अभिनय स्वस्थ होइन फोहोरी खेलाइएको छ ।

प्र.म आफ्नो पद रक्षा खातिर सबैखाले कदम चाल्ने मुडमा छन । विधि , पद्धति , सिद्धान्त देखि संविधान सबै मिथ्या ठान्ने अवस्थामा प्र.म ओलि पुगेका छन ।

तसर्थ अर्को समूह ( प्रचण्ड-माधव) को विधि पद्धति र सिद्धान्त मान्नुपर्ने फण्डाले प्र.म लाई केही असर नगर्ला कि ? यो आफैंमा स्वार्थ बोकेर बिगत देखि लड्दै आएको फण्डा हो ।

यो कुरा प्र.म.ओलिले राम्रो सङ्ग बुझेका छन , तसर्थ यस्मा गल्ने वाला छैनन ।

प्र.म ओलि पार्टी र सरकार संचालनमा निरङ्कुश शासक जस्तो बन्दै गएको आरोप प्रचण्ड-माधव समुहले लगाउदै आएको र अब हिसाबकिताब गर्ने भन्ने बिन्दुमा पुगेका छन । यो आरोप लाई प्र.म ओलिले केही हदसम्म मिल्दोजुल्दो पनि बनाइ दिएका छन । आफू निकटतम सबै कार्यकर्ता देखि सहयोगी सम्म लाई पद दिलाउने देखि राज्यको सुबिधा खाने सम्ममा पुर्याएका छन । विधि पद्धति र सिद्धान्त लाई बेवास्ता गर्दै विभिन्न निकायका नियुक्ती ,राजदुत फेरबदल , जन-संगठनहरुको नेतृत्व चयन , मन्त्रीमण्डल निर्माण आदि काम एकलौटी गर्ने कुराले प्र.म सङ्ग अहंकार र दम्भ प्रसस्त छन भन्ने अनुमान लगाउन सकिन्छ । पछिल्लो समय पार्टी फुटाउने अध्यादेश , सम्सद अधिबेशनको अन्त्य , मन्त्रीहरु लाई कित्ताकाट को धम्की देखि रास्ट्रपति कार्यालय लाई समेत आफू अनुकुल चलाउनुले प्र.म ओलि झनै निरङ्कुश हुँदै गएको हो त ? भन्ने प्रश्न उठेको छ । सरकार विभिन्न अनिमियतता , भ्रष्टाचार र कुशासनमा मुछिदै पनि छ । तर "सुखी नेपाली समृद्ध नेपाल" भन्ने सरकार को फण्डा ले यी तमाम उब्जेका समस्या हरु लाई ढाकछोप गर्दै आएको छ ।

रङ्गमन्चमा प्र.म ओलि केही परिदृश्य ले बलिया देखिएका छन ।

जस्तै:

कुनै समय तुइनमा झुन्निने जनता ले झोलुङ्गे पुल मा हिड्न पाउँदा आफू लाई भाग्यमानी ठानेका थिए । यस्को भावनात्मक समर्थन प्र.म लाई धेरै नै छ । केही सपना जस्तै रेल चढ्ने , पानीजहाज संचालन गर्ने देखि घरघरमा पाइप-लाइन बाट ग्यास बाल्ने कुराहरु को पनि केही हिस्सा समर्थन मै छ । नाकाबन्दी देखि मिचिएको नेपाली भुमी सहित को नक्सा प्रकाशित पश्चात् प्र.म ओलिको रास्ट्रीयता प्रती कसैले प्रस्न गर्ने हिम्मत राख्दैनन् ।

भारतको नेपाल प्रतिको हेपाइ प्रवृत्ति नाकाबन्दी पछि हर नेपाली माझ चिरपरिचित छ । नागरिक स्तरमा भारत असल छिमेकी होइन भन्ने कुरा प्रचारित छ । चीन नेपाल को असल छिमेकी हो भन्ने कुरा भारत स्वयंम ले नेपाली जनता माझ आफ्नै व्यवहार बाट प्रमाणित गर्दै आयो । यस्को नागरिक समर्थन पनि प्र.म ओलि लाई नै छ ।

नागरिक स्तरमा यस्तो अवस्थाको फाइदा कस्ले लिने भन्ने प्रश्न उठ्नु स्वभाबिक थियो । यहाँ प्र.म ओलि सफल भए । अहिले भारत को हेपाहा प्रवृत्ति बिरोधी कोहि छ भने त्यो केपि ओलि हुन भन्ने प्रचार गर्न सजिलो भयो ।

यस को भावनात्मक समर्थन प्र.म ओलि लाई प्रशस्तै छ । उनी फण्डा पनि यहि भावना मा आधारित बनाउने गर्छन जुन नेपाल को नागरिक स्तरमा सबैभन्दा बढी देशभक्ति सङ्ग जोडिएको छ ।

यो कुरा अर्को समूह (प्रचण्ड-माधव) ले राम्रो सङ्ग बुझेका छन र यहि कम्जोर भएको अवस्था पनि हो ।

अब हेरौं ,

विभिन्न समय कालखण्डमा उदाएका शासक हरु लाई । सबैजसो ले आफ्ना शासन कालमा जनता मा डर ,त्रास र भ्रमको फण्डा बाट मात्र आफुलाइ टिकाएका थिए ।

डर , त्रास र छलकपटी ले त शासन सत्ता टिक्छ भने नेपाल मा प्र.म ओलिलाई नागरिक स्तरको भावनात्मक समर्थन चाहिदो छ । सत्तामा टिक्न उनि सङ्ग सबैभन्दा बलियो अस्त्र भनेकै बढेको भावनात्मक समर्थन बाट निसक्ने फण्डाहरु नै हुन ।

यो कुरा लाई प्रचण्ड-माधव समुहले प्रतिवाद पनि गर्न सक्दैन , नकार्न पनि सक्दैन ।

रंगमन्च यिनै फण्डा हरु ले भरिएको छ । आफू आफू बिच चलेको जुँगा को लडाइ ले नेपथ्य कर्ता लाई सजिलो पनि भएको छ । एकाआपस मा अविश्वास सिर्जना भएको छ । भौतिक शरीर सम्मको रिस गर्ने , डाह गर्ने , अनुहार नै हेर्न मन नलाग्ने सम्मको अवस्था निर्माण भएको छ । यस्तो नाटक हेर्दै रमाउने नेपथ्य कर्ता मात्र छन ।

स्वार्थ को लडाइ नभएको भए प्र.म ओलि पार्टी भित्र कमजोर हुँदा पनि किन हटेनन वा किन अटेर गर्छन् ? यो सोच्नु पर्छ , कारण खोजिनु पर्छ । समस्या दुबै तिर बराबर छ , रङ्गमन्च मात्र आरोप-प्रत्यारोप ले भरिने निश्चित छ । होइन भने प्र.म ओलि अटेरी हुन कसैलाई मान्दैनन् , शासक नै हुन भन्ने सबैले बुझ्नुपर्छ । यस्तो समयमा प्र.म ओलि अझै निरङ्कुश हुने र कदम चाल्ने कुरा अनौठो नमानी अर्को समूह (प्रचण्ड-माधव ) ले छोड्दिए हुन्छ ।

आफू सत्ता नछाड्ने हकमा प्र.म ओलिले जस्तोसुकै फण्डा सिर्जना गर्ने कुरा सामान्य हो । पछिल्लो समय युवा लाई पुस्तान्तर देखि रास्ट्रपति लाई महाअभियोग लगाउने सम्मको फण्डा प्रचार गर्नु ले उनको भित्री मनसाय छर्लङ्ग पारेको छ । उनी आफू लाई टिकाउन जुनसुकै हर्कत वा कदम चाल्न तयार छन ,त्यो कुनै क्रूर शासक को परिपाटी किन नहोस ।

यो सबै आसय बुझेको अर्को समूह (प्रचण्ड-माधव) पार्टी फुटाएर यथास्थिति मा जान सक्दैन । नेपथ्य बाट यो समूह पनि मज्जाले घुलिएको छ । यस्ले नि आफ्नो रचना लाई निषेध को नियममा थमाएको छ । आफैले केही गर्न सक्दैन ।

आम कार्यकर्ता , पार्टी सदस्य र जनता अहिले एकताबद्ध नेकपा हेर्न वा महसुस गर्न चाहन्छ । यस्मा भावनात्मक समर्थन मात्र छैन खबरदारी देखि बिश्वास सम्म अटेको छ । तसर्थ पार्टी फुटाउने कुरा यथास्थिति असम्भव नै छ ।

यस्मा पनि प्र.म ओलि समर्थन पाउने निश्चित छ । किनकी उनी एकता बचाउने मै हु भन्ने फण्डा फैलाउन सफल पनि भैसकेका छन ।

यसरी,

नेकपा को आन्तरिक जीवन लथालिङ्ग हुन पुगेको छ । तर फाइदा कस्लाइ भन्ने दुबै समुहले हेक्का राखेको छैनन , मात्र जुँगाको लडाइमा आ-आफ्नो स्वार्थ लाई बिजयी गराउन तत्पर देखिन्छन् ।

यस्तो समय मा नेपथ्यमा खुसियाली हुने भोज भतेर हुने , दिपावली गरिने वा नाचगान गरिने कुरा सामान्य हो । यो अहिले भैरहेको पनि होला । यथास्थिति मा प्र.म ओलि सफल हुन्छ्न वा अर्को समूह ( प्रचण्ड-माधव ) सफल यो निर्धारण गर्न कार्यकर्ता र जनतालाई मुस्किल छ । यो नेपथ्य बाट " रेफ्री "को काम होला । यसरी रंगमन्च मा अहिले नेकपा कठपुतली हुन पुगेको छ ।

तर यो बाहेक अब,

नेताहरु ले रंगमंचमा लगाइएको निषेधाज्ञा तोड्न सके ! विधि , पद्धति र सिद्धान्त मा चाहिदो बहस गरे ! रिस-राग , स्वार्थ र अविश्वास लाई हटाए ! एकताको बाकी काम सम्पन्न गरि भावनात्मक एकता मा केन्द्रित भए ! सामुहिकता मा निर्णय गर्न सके र महाधिवेशन को मिति तोकेर आन्तरिक लोकतन्त्र लाई अभ्यास गर्न सके एकतालाई कसैले कुनै रङ्गमन्चमा पराजित गर्न सक्दैन । "एकतामा बल"भन्ने सन्देश ती तमाम अस्थिर नेपथ्य लाई पनि चेतना हुन्छ र हाम्रो स्वतन्त्रता र सार्वभौमत्ता सधै सुरक्षित र बलियो हुन सक्छ ।