क्रान्तिकारी जनप्रतिनिधि -

गाडीमा गुड्दै गर्दा सडकको हरेक खाल्डाखुल्डी हरु बाट बिचलित हुने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ !

देशको मुहार फेर्ने महान अभिलाषा बोकेका यात्रीहरु लाई

धुलो-धुवाँले स्वास्थ्यमा असर पुर्याउने होकि भन्ने अर्को ठुलो पिर छ,

सहर फोहोरका थुप्रोहरु ले गनाउने होस कुनै चिन्ता छैन तर मेरो नेता को घर टोल सफा हुनुपर्छ , म चाहन्न कि यिनिहरु लाई कुनै मानसिक तनाब होस !

"समृद्ध नेपाल सुखी नेपाली" लक्ष्य बोकेकाहरु लाई कुनै कुराको अभाव हुनु हुँदैन , कुनै महँगि वास्ता छैन । म यो चाहन्छु !

कर जनताले तिर्ने हो । चिया , चट्पटे कहाँ निशुल्क बेच्न पाइन्छ, कर अनिवार्य तिर्नुपर्छ । देश बिकास गर्नुपर्ने छ , यहाँका पुजीपति वा कुनै उद्योगपति हरु लाई यो कर को तनाव दिएको मलाइ मन पर्दैन । साना मझौला ब्यापारी र खुद्रापसले छन यस्का निम्ति , म यो चाहन्छु ।

गाउँ घर त्यसै रमाइला छन , यस्मा कुनै नयाँ कार्यक्रम लैजानु जरुरी के नै छ , उहीँ पुराना संस्कार , परम्परा , सोच , वर्गसंघर्ष , छुवाछूत र भेदभाव । किन यो सब हटाएर अर्को पटक चुनाव हार्नु छ र ? म यो पटक्कै चाहन्न । आवाज उठेको मन पर्दैन किनकी मेरो लक्ष्य अति दुरगामि छ , गम्भीर भएर सोच्नु पर्ने ,कुनै अवरोध ठिक मान्दिन ।

बिकासको नाममा दुई चार डोजर चलेकै छ्न ,घरहरु भत्काएकै छ्न किन दीर्घकालीन बिकास योजना मा समय ब्यतित गर्नु , नेता जि को यो सोच लाई पनि मैले सलाम नै गरे । बेकार मा किन टाउको दुखाउनु ! प्राकृतिक श्रोत को दोस्रो धनी रास्ट्र मेरो ! एउटा रुख काटिएर के हुन्छ अर्को छ जति पनि ।

मान्छे पनि धेरै भए , यति सानो देशमा करिब ३ करोड ! किन बस्नु देश भित्रनै , वैदेशिक रोजगारी तर्फ लागे भयो त रेमिटेन्स भित्रीन्छ्न ।

बिकास गर्नुछ भने यहाँका कृषि योग्य जमिन सखाप पारी पुजिपती हरु को महल ठडाउनु उचित छ , दलालि गरेर पनि कमाइन्छ , विभिन्न विषादी प्रयोग गरेर भए पनि पैसा थुपार्ने योजना राम्रो , मलाइ कुनै केमिकल इफेक्ट को वास्ता छैन ! ( काभ्रे को पाँचखाल )

म सिधा यो चाहन्छु कि मेरो नेताको सबै परिवार, नाता गोता सम्पन्न हुनुपर्यो , गरिबी बाट धेरै टाढा !! जनता जति चाहिया छन गरिबीको रेखामुनि तर मेरो नेता गरिब हुनु भएन ।

कर्मचारी नेताको सिफारिस मा बनेका छन । बेलैमा आफू पनि राजनीति तिर लागिएछ , कम्सेकम कुनै निकायको प्रमुख वा राजदूत पक्कै बनिएला । अनि के यो जनताका काम सजिलोसँग भएन भनेर तनाव लिनु आवश्यक कानुन बनेकै छन झेल्नु पर्यो नि ती सबै नियम ।

जे होस हाम्रो नेता एकदम कुटिल छन पहिल्यै पत्ता लगाउन सक्ने कस्ले के गर्यो भन्ने कुरामा , प्रभावित छु अत्यन्तै !

हाम्रा नेता लाइ नै लोभ लाग्ने खालका तरुनीहरु छन समाजमा अनि के बलात्कारि लाई कारबाही हुनु , किन घर बाट एक्लै हिड्नु सुरक्षा दिने प्रहरी नै बलात्कारि , अपहरणकारी र घुस्याहा छन । यो बुझ्नु जरुरि छ । यो सुनेपछि त मैले माने मेरो नेता लाई ओहो कति महान सोच !! त्यसै शक्तिसाली भएका रैनछ्न भन्ने बुझे ।

एक नेपाली ब्यक्तिले अहिले आफ्नो नियमित स्वास्थ्य परिक्षणमा रु. २५० प्रती बर्ष खर्चिने गरेको पाइयो तर हाम्रो नेता , स्वास्थ्य मा कुनै लापरबाही चाहदैनन् सिधा अमेरिका , युरोप तिर जान्छन् । बाच्नु पर्यो बिकास जरुरी छ ! यहाँ जाजरकोट मा कहिले काहीँ औसधि अभावले झाडापखाला बाट मृत्यु भन्ने समाचार आइहाल्छ अनि स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी कदम चाल्दिने गर्छन् । एकदम चर्चित !

शिक्षा अति आवश्यकता को विषय हो । यस्मा उहाँ संबेदनसिल हुनु हुन्छ । कक्षा १२ सम्म निशुल्क एउटा क्रान्तिकारी निर्णय हो । बिद्यालय हरु खोलिएका छन । बुढा एक्दम बाठा छन आफ्नो छोराछोरीलाइ चाहिँ बिदेश पठाए । मलाइ पनि ठिक लाग्यो यति ठूलो काम गरेका छन सम्पुर्ण नेपाली जनताका छोराछोरी पढ्न पाएका छन हाम्रो नेताको योगदान ले । पढ्दैन राम्रो संग भने त हाम्रो नेता लाई के को दोष ? यो म चाहन्न !

फेरि शिक्षा लाई देशको आर्थिक उन्नति संग जोड्ने प्रयास पनि क्रान्तिकारी नै छ । धेरै पैसा लिने , पुरानो शिक्षा अर्थात बुर्जुवा शिक्षा दिने के को उत्पादनमूलक चाहियो ?

"शिक्षा मा लगानी लगाउ विद्यार्थी आफैंले मेहनत गर्छ " अनि तिमी कमाउ !

तिमिलाइ कुनै तनाब हुदैन भनेर सम्जाउन सक्ने क्षमता पनि खतरा लाग्यो ।

अब त के नै बाकी छ र बुढा भए नेता पनि , अब अर्का को बिरोध गर्यो बस्यो । पैसा छदैछ जति चाहियो , जग्गा जमिन , सम्पत्ति सातौ पुस्ता सम्म का लागि पुग्ने छ कुनै पिर छैन ।

म अब के गर्ने ?? किन अल्मल मा पर्नु मेरो नेताले सबै सिकाएका छन त

कसरी म बाच्ने ? यो सब अनुभव अब मलाइ सफल बनाउने छ , ढुक्क साथ अगाडि बड्ने हो , मिसन देश बनाउने होइन आफू बन्ने हो देश भावी पुस्तालाई बनाउन छोड्ने हो। म अर्को एउटा लाई म जस्तै बनाई हाल्छु , जस्तो मलाई मेरो नेताले बनाएका छन ।