सिप्लीकान (Crateva nurvala)

सिप्लीकान (Crateva nurvala) नेपालको पहाडी भागमा पाईने एक बनस्पति हो । यो केहि तीतो हुन्छ । नेपालमा यो तरकारी या अचारको रुपमा विभिन्न किसिमको परिकार तयार पारेर खाने चलन छ । मेरो घरमा पनि यो वनस्पति एक प्रचलित परिकार हो । यो धेरै गुनिलो र औषधिको काम गर्छ भन्ने बारेमा त सुनेकि थिएँ । आज यसको केहि फूलहरुको फोटो खिचें । यसबारे अरु जान्ने कौतुहलता लागेर गूगलमा खोज्दा यसको बारेमा निकै धेरै लेख, रचना, खोज अनुसन्धानहरु रहेको पाईयो । तर नेपालको तर्फबाट खास सामाग्रीहरु रहेको पाईएन । यस तर्फ पनि नेपाली कलमहरु तिखार्न आवश्यकछ ।

·        Scientific name: Crateva nurvala

·        Family: Capparaceae

·        Genus: Crateva

·        Kingdom: Plant

·        Order: Brassicales

·        Biological rank: Species