‘नोभल’ कोरोना भाइरस

‘नोभल’ कोरोना भाइरस के हो?

नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै यो रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।

Covid-19 भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तरसम्मका लक्षणहरू देखिन्छन् ।

धेरै जसो देखिने लक्षणहरू:

- ज्वरो आउने

- सुक्खा खोकी लाग्ने

- थकाइ लाग्ने

- सामान्यतया कमै देखिने लक्षणहरू:

- पीडा हुने वा दुख्ने

- घाँटी दुख्ने

- पखाला लाग्ने

- आँखा पोल्ने

- टाउको दुख्ने

- स्वाद वा गन्ध थाहा नहुने

- छालामा दाग हुने वा हात वा खुट्टाका औँलाको रङ उड्ने

गम्भीर लक्षणहरू:

-सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने

- छाती दुख्ने वा छातीमा दबाब पर्ने

- बोल्न वा हिँडडुल गर्न नसक्ने

COVID-19 कसरी फैलिन्छ?

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ। कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म COVID-19 भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।

यदि गम्भीर लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा जाँच गराउनुहोस्। जहिले पनि आफ्नो डाक्टर वा स्वास्थ्य सुविधा प्रदायककहाँ जानुअघि कल गर्नुहोस्।

COVID-19 फैलिनबाट रोक्न निम्न कार्य गर्नुहोस्:

- पटकपटक हात धुनुहोस्। साबुन र पानी वा अल्कोहल-आधारित ह्यान्ड रबले (हात धुने कुरा) प्रयोग गर्नुहोस्।

- खोकिरहेको वा हाच्छिउँ गरेको कुनै पनि व्यक्तिबाट उचित दूरीमा रहनुहोस्।

- आफ्ना आँखा, नाक वा मुख नछुनुहोस्।

- खोक्दा वा हाच्छिउँ गर्दा कुनै टिश्यूले वा कुहिनो मोडेर आफ्नो नाक र मुख छोप्नुहोस्।

- सञ्चो छैन भने घरमै रहनुहोस्।

- ज्वरो आएको, खोकी लागेको र सास फेर्न गाह्रो भइरहेको छ भने चिकित्सा जाँच गराउनुहोस्।

- आफ्नो स्थानीय स्वास्थ्य प्राधिकरणका निर्देशनहरूको पालना गर्नुहोस्।

संक्रमणको जोखिमबाट आफु र आफ्नो परिवारलाई जोगाउन निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ:

- नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्।

- खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।

- रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।

- आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्।

विश्व स्वास्थ्य संगठनको भनाई अनुसार अहिलेसम्म COVID-19 को कुनै विशेष भ्याक्सिन वा औषधि छैन। उपचारहरूको बारेमा जाँच भइरहेको छ र चिकित्सा परीक्षणहरू मार्फत जाँच भईरहेको छ।