श्रद्धासुमन कमरेड मदन र आश्रित

जननेता कमरेड मदन भण्डारीको जन्म २००९ साल आषाढ १४ गते अर्थात जून २७, १९५२ मा पूर्वाञ्चलको ताप्लेजुङ जिल्ला ढुङ्गेसाँघुमा भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा मदन कमरेडको जन्म भयो । 

२०२४ सालमा कमरेड मदनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। मदन कमरेड भारतको मथुरामा अध्ययन गर्न जानु भयो । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुग्नु भएका मदन कमरेडले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर समेत गर्नु भयो ।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि मदन कमरेड राजनीतिमा लाग्नु भयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रिय सदस्य बन्नु भयो र २०४१ साल वैशाखमा पार्टीको पोलिटब्युरो सदस्य, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव, २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बन्नु भयो ।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो ।

चर्चाका शिखरमा रहेकै बेलामा बहुदलीय जनवादका ब्याख्याता कमरेड मदनको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। कमरेड जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन कमरेडको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।

गाडी दुर्घटनामा मृत्यु भएको भनिए पनि त्यो मान्न सिंगो नेपाल तयार भएन । सुनियोजित हत्या कहलियो । यो घटनापछि एमालेले मदन भण्डारीको हत्या भएको निष्कर्ष निकाल्यो । जीप चालक अमर लामा भने बाँच्न सफल भए । अमर लामाले ०६० सालसम्म पनि दुर्घटनाबारे केही बताएनन् । अन्ततः ०६० सालमा लामाको पनि रहस्यमय हत्या भयो । त्यसपछि यो घट्ना झनै रहस्यमय भयो ।

२७ औं मदन आश्रित स्मृति दिवसको अवसरमा जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु !!

संजिव पाण्डे