बुद्धको सामु शिकारीको याचना

बन्दाबन्दीको पैंतालिसौं दिन

बैशाख शुक्ल पूर्णिमाको दिन

बुध्दले जन्म लिएको दिन

ज्ञान र निर्वाण प्राप्त गरेको दिन

आजको दिन बन्दाबन्दीको दिन ।


बन्द छन् बहाः र बिहारहरु

बन्दछन् लुम्विनी, स्वयम्भू,

तिलौराकोट र बौद्धका व्दारहरु ।

त्रिपिटक, धम्मपद, प्रज्ञापारमिता,

प्रवचन र भजनहरु बन्द छन्

नाका, बाटा सवै बन्दछन् ।

तर,

सँधै भरि शिकारमा बाँच्ने

चतुर शिकारी कागहरु भने

बुध्दका सामू

खुल्लै याचना गर्दैछन् ।