सडक फूलबारी

सडक फूलबारीको बिचार मैले छिमेकिबाट सिकेकी हुँ । सजिलो छ । केहि बोट माटोमा गाड्ने, बिहान बेलुकी तरकारी पखालेको पानी हाल्ने । बेला बेलामा घाँस उखेल्ने । बिहान बिहान एकचोटी घरको अगाडी सडक सफा गर्ने । बस, बन्यो सडक फूलबारी । वटुवाहरुले फूलबारीको छायाँमा पोज पोजको फोटो र सेल्फी खिचेको, भगबानको लागी भनेर फूल टिपेको र चरा चुरुंगिले बास गरेको देख्दा रमाइलो लाग्छ। तर मानिसहरुले रुख काटेर उजाड पारेको देख्दा भने दु:ख लाग्छ ।