गुम्सिएको आकाश

बन्दाबन्दीको अट्ठाईसौ दिन

आकाश उघ्रिएको थियो

धर्ति उज्यालिएको थियो

छर्लंगै देखिन्थ्यो

परको दृष्य पनि


किन हो किन त्यहि साँझ

प्रकृतिले कुरुपता धारण गर्‍यो

चट्यांग पर्‍यो मेघ गर्ज्यो

मुसलधारे पानी बर्स्यो


बर्षातको लगत्तैपछिको दिन

बन्दाबन्दीको उनान्तिसौं दिन

दिन धमिलिएकोछ

आकाश गुम्सिएकोछ

जगत चिसो र उदासछ ।