शहरीकरण, हरियालीको नाश र वातावरणमा आएको परिवर्तनले शहरहरुमा हरियाली रुख विरुवाहरु भन्दा पनि कृतिम झिलिमिलि मात्र देख्न पाएकाछौं । विहान देखि रातीसम्म गाडीहरुको झिँ झिँको अत्यासलाग्दो आवाज सुनिरहनु पर्दछ । चराचुरुंगीका मधुर स्वरहरु सुन्न कानहरुले धेरै बेर पर्खर्नु पर्दो रहेछ । तैपनि यो टोलले जेनतेन काग, भँगेरा, परेवा, रुवी, लाटोकोसेरो, मैना आदि चरिहरुको आवाज सुन्न पाउने वातावरणलाई कायमै राख्न सकेकोमा म खुशीछु । यसको लागि टोलवासीलाई धन्यवाद भन्नै पर्दछ । आजै पनि ढुकुरको जोडी धेरै बेर सम्म हामै्र नजिक बसी हामीलाई आनन्दित बनायो । फोटोको लागि केहि पोजहरु दिए ।