काग र भँगेरा

बन्दाबन्दीको छब्बिसौं दिन

एउटा काग गुँड बचाउनको लागि

क्वाँ क्वाँ गर्दै

बथान बोलाउँदै छ ।

ठीक त्यहि बेला

कागको चुच्चोले

चिथोरिएको, भुत्ल्याइएको

एउटा घाईते भँगेरा

आफ्नै ज्यानको लागि चिं चिं गर्दैछ ।

दुईटै प्रकृतिको बरदान ती

तर एउटा शिकारी, अर्को शिकार