१. तपाईं बामपन्थी आन्दोलनमा कसरी प्रवेश गर्नु भयो ?

२. तपाई बामपन्थी आन्दोलनमा प्रवेश गर्नुको कारण के हो ?

३. तपाईले हालसम्म कुन कुन पार्टीको सदस्यता कहिले कहिले लिनु भयो ?

४. तपाईले हाल सम्म कुन कुन पार्टीको कुन कुन पदमा बसेर जिम्मेवारी सम्हाल्नु भयो ?

५. तपाईले जनता वा देशको लागि भनेर कुनै उदाहरणीय आन्दोलनको नेतृत्व गर्नु भएको अनुभव छ? छ भने मिति र विषय के थियो? कति महिलाहरु र अन्य मानिसहरु सहभागी भएका थिए ? र परिणाम के भयो?

६. जनताको जीवनस्तर उठाउन र देशलाई समृद्धिको बाटोमा लैजान बामपन्थी विचारधाराले कसरी भूमिका खेल्न सक्छ?

७. बामपन्थी राजनीतिमा लागेको दौरान महिलाको एक महिला नेतृको हैसियतले कस्ता कस्ता चुनौतीहरु भोग्नु भयो? केहि अनुभवहरु बताउनु होस ।

८. अव आउने १० बर्ष भित्र तपाईले नेपालको कस्तो राजनीतिक, आर्थिक, सामाजिक स्वरुपको बारेमा कल्पना गर्नु भएकोछ?

९. देशको समृद्धि र जनताको जीवनस्तर उकास्न तपाईको भूमिका र कामहरु कस्तो रहनेछ?

१०. बामपन्धी महिलाहरुको नेतृत्व विकासको लागि तपाईको सुझाव बारे वताउनु होस

११. तपाईको समय, राम्रो विचार र सुझावको लागि धेरै धन्यवाद ।