यात्रा

बहानमा यात्रुहरुको कोलाहलाले भरियो

बालबालिकाहरु

महिलाहरु

युवाहरु

जेष्ठ नागरिकहरु

र अरु सबै,


अनपेक्षित्,

सताउन थाले कालो वादल र हुँडरिले

उनिहरु वाहनसितै पैँठेजोरी खेले,


यात्रुहरु, जो लक्ष्यसितै उडेका थिए

गन्तव्य भुले, आफन्त भुले

र आफैलाई पनि केहि छिन भुले,


उबड खाबड रोके जस्तो भयो

कोलाहल पनि थामिए जस्तो भयो

तर त्रासदिमा यात्रुहरुको आँखा वन्दै थिए,


आँट गरेर एक यात्रुले

आँखा खोले र सानै गरी किन नहोस्

झ्याल पनि खोले

एक झोक्का उज्यालो वाहन भित्र छिर्यो

यात्रुले वाहिर चियाउन थाले

देखे कालो वादल माथी रातो सूर्य,


अरु यात्रुहरुले पनि आँखा खोले

झ्यालहरु खोले

देखे सूर्यको किरणले वादल झपक्कै छोपेका

उनिहरु मुस्कुराउन थाले,


यात्रा

जिवनको यो यात्रा

वादल माथी सूर्यको विजय यात्रा

सूर्य सँग मान्छेको अनन्त यात्रा