विश्वशान्ति बौद्ध स्टुपा

पोखराको लेकसाइबाट करीब ७ किलोमिटर टाढा हिँडेपछि २० मिनट जतिको ढुँगे सिँढी चढे पछि देखा पर्नेछ सुन्दर बौढ स्टुपा । यो स्टुपा जापानी सरकारको सहयोगले बनेको थियो । शहरी वातावरणबाट टाढा अति शान्त ठाउँ हो यो । हामी त्यो ठाउँमा पुग्दा शहरको कुनै पनि ध्वनी सुन्नु परेन । चराचुरुँगीहरु पनि किन हो कुन्नी आराम गरेको पायौै ।