काफल पाक्यो

काफल नेपालको एक चर्चित फल हो । बसन्त ऋतु संगै नेपालको पहाडी भूभागमा यो फल पाक्न थाल्दछ । गुलियो अमिलोको स्वादमा रसिलो फल गर्मी मौसमको उराठलाग्दो मौसममा फल्ने यो फलले मानिसहरुलार्इ उर्जा र मुख रसिलो बनाउँछ । यो अग्लो रुखमा फल्ने फल भएको कारणले फल टिप्न कठिनाई झेल्नु पर्दछ ।

केहि समय पहिले धादिंग जिल्लाको केवलपूर र जीवनपुरमा इजरायलका राजदूतसंग घुम्न जाँदा काफललाई सानो बोट बनाएर फलाउन सकिन्छ भन्ने कुरा भएको थियो । यस किसिमको प्रयोगलाई सफल बनाउन सकेमा जसले पनि खेती गरी व्यापार गर्न सक्ने भयो । यो कुरामा नेपाली कृषी बिशेषज्ञ र कृषी वैज्ञानिकहरुको ध्यान जानेछ भन्ने अपेक्षा गर्दछु ।